काठमाडौं, मंसिर १३। नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको बैठकले आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको छ।
बैठकले पाँच जना प्रतिनिधिलाई महाधिवेशनका लागि निर्विरोध मनोनयन गरेको कमिटीले जनाएको छ । प्रतिनिधि चयनका लागि विदुर कार्कीको संयोजकत्वमा अञ्जन शर्मा सदस्य रहेको निर्वाचन समितिले प्रक्रिया सम्पन्न गरेको हाे ।
कमिटीका अनुसार सहमति र एकतामार्फत प्रतिनिधि चयन हुनु पार्टीभित्र सकारात्मक सन्देशका रूपमा लिइएको छ। आसन्न महाधिवेशन नजिकिँदै गर्दा उपत्यकाबाट प्रतिनिधि चयनमा देखिएको सहमतिले संगठनात्मक एकता झनै मजबुत भएको बताइएको छ।
सर्वसम्मत रूपमा चयन भएका प्रतिनिधि यस प्रकार छन्ः
- प्रेमकुमार पराजुली
- मिलन धरेल
- उर्मिला सुनुवार
- जितेन्द्र श्रेष्ठ
- इन्दु आचार्य














प्रतिक्रिया दिनुहोस्