काठमाडौं, मंसिर १३ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले देशको अस्तित्व जोगाउन केपी शर्मा ओलीको नेतृत्व नै अपरिहार्य रहेको बताएका छन्।
पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पार्टी नेतृत्वबारे आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान राजनीतिक परिस्थितिमा ओलीकै नेतृत्व सक्षम विकल्प भएको उहाँको दाबी छ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म सम्पन्न हुँदै छ।
सो महाधिवेशनका लागि देशभर प्रतिनिधि छनौट प्रक्रिया तीव्र गतिमा चलिरहेका बेला राईले कोशी प्रदेशका सोलु, भोजपुर, ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा सर्वसम्मतिबाट प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार केही जिल्लामा सहमतिका प्रयासहरू अझै जारी छन् भने बाँकी जिल्लामा निर्वाचन पक्रियामार्फत प्रतिनिधि चयन भइरहेको छ।
राईले सर्वसम्मत र निर्वाचन दुवै प्रक्रियाबाट चयन भएका कोशी प्रदेशसहित देशभरका सबै महाधिवेशन प्रतिनिधिलाई बधाई ज्ञापन गर्दै पार्टीभित्र देखिएको सहमति र उत्साहले महाधिवेशनलाई थप सफल बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्