दाङ, मंसिर १३ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि दाङबाट २३ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्।
विभिन्न चरणमा आकांक्षीहरूसँग भएको छलफल र परामर्शपछि सूची टुंगाइएको जिल्ला सचिव सूर्यबहादुर डाँगीले जानकारी दिनुभयो। उहाँका अनुसार खुल्ला, महिला, युवा र उत्पीडित समूह मिलाएर कुल २३ प्रतिनिधि सर्वसम्मत रूपमा छनोट गरिएको हो।
खुल्लातर्फ शिवकुमार आचार्य, सुदन केसी, भुवन चौधरी, भागसिं बुढा, हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी (श्याम), मनोहर बुढाथोकी, राममणि पाण्डे र कुलबहादुर के.सी.लाई प्रतिनिधि बनाइएको छ।
महिलातर्फ रेखा केसी देवकोटा, तुलसादेवी पोखरेल, रत्ना तिवारी खत्री, सीता चौधरी, लक्ष्मी शर्मा, सीता चौधरी र पुष्पा लामिछाने भण्डारी चयन हुनुभएकाे छ। युवातर्फ अशोक योगी (विवेक), घनश्याम चौधरी र देवबहादुर (देबु) बस्नेत प्रतिनिधि बन्नु भएकाे छ । दलित समूहबाट मानबहादुर बिक, निर्मला बिक र टंकबहादुर बिक सर्वसम्मत रूपमा चयन हुनुभएकाे छ।
दाङमा सहमतिका माध्यमबाट गरिएको प्रतिनिधि छनोट प्रक्रियाले सबै समूह, क्षेत्र र वर्गको समावेशी सहभागिता सुनिश्चित गरेको एमाले नेतृत्वले जनाएको छ। पार्टीभित्रको समन्वय, सहमति र आन्तरिक एकताको आधारमा सम्पन्न प्रतिनिधि चयन महाधिवेशन तयारीको महत्वपूर्ण चरण मानिएको छ।














प्रतिक्रिया दिनुहोस्