जनता टाइम्स

१३ मंसिर २०८२, शनिबार १६:२८

इलामबाट एमालेका महाधिवेशन प्रतिनिधि सर्वसम्मत, सुहाङ नेम्वाङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि


काठमाडौं, मंसिर १३। नेकपा एमाले इलाम जिल्ला कमिटीले दुवै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । इलाम १ र २ बाट १९ जना महाधिवेशन प्रतिनिधि निर्विरोध भएका हुन् ।

एमालेका चर्चित युवा नेता निवर्तमान निवर्तमान प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ क्षेत्र नम्बर २ बाट खुलातर्फ प्रतिनिधि सर्वसम्मत हुनुभएको छ।

अर्का निवर्तमान सांसद महेश बस्नेत,जिल्ला अध्यक्ष गणेश बराल र सचिव रवीन्द्र सुवेदी पनि सोही क्षेत्रबाट चुनिनु भएको छ।

राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेल इलाम १ बाट ४० वर्ष मुनीको युवा क्लस्टरमा निर्विरोध हुनुभएको छ ।

यी हुन् इलामबाट चुनिएका एमाले महाधिवेशन प्रतिनिधि

निर्वाचन क्षेत्र नं. १

खुल्ला तर्फ

१ काजीमान कागते

२ खम्बा सिंह

३ दीपक थेबे

४ उदयबहादुर राई

५ उमेश गुरुङ

– युवा तर्फ

१ निरोज पौडेल

– महिला तर्फ

१ सावित्रा सिवा

२ शकुन्तला लेप्चा

३ उमादेवी सुनुवार

निर्वाचन क्षेत्र नं. २

– खुल्ला तर्फ

१ गणेश बराल

२ सुहाङ नेम्वाङ

३ केशव धैराली

४ महेश बस्नेत

५दीपेन्द्र खनाल

६ हेमन्त राई

– युवा तर्फ

१ रवीन्द्र सुबेदी

– महिला तर्फ

१ दिलु लावती

२ पवि माया राई

३ टिका देवी घिमिरे