जनता टाइम्स

१३ मंसिर २०८२, शनिबार १६:४२

एमालेको ११ औँ महाधिवेशनका लागि प्रेस चौतारीबाट सर्वसम्मत प्रतिनिधि चयन


काठमाडौं, मंसिर १३ । नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको छ।

चौतारीले पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत तथा संगठनका अध्यक्ष गणेश पाण्डेलाई प्रतिनिधि पठाउने निर्णय स‌ंगठनले गरेको छ। महिलातर्फ सचिवालय सदस्य प्रतिमा शिलवाल र मिना विश्वकर्मालाई प्रतिनिधि चयन गरिएको छ।

प्रतिनिधि चयन सम्बन्धी निर्णय शनिबार प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले गरेकाे हाे । बैठकले कुल पाँच प्रतिनिधिलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको  छ । बैठक संगठनका अध्यक्ष गणेश पाण्डेकाे अध्यक्षतामा भएकाे थियाे ।

चौतारीका अनुसार सर्वसम्मत प्रतिनिधि चयनले महाधिवेशन तयारीमा सहमति, समन्वय र संगठनात्मक एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।