काठमाडौं, मंसिर १५। नेपाली कांग्रेसकाे १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने भएकाे छ ।
आज बसेकाे बैठकले महाधिवशेन साे मितिमा गर्ने औपचारिक निर्णय लिएको छ । पार्टीको आज सम्पन्न केन्द्रीय समिति बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनसम्बन्धी विस्तृत कार्यतालिका सार्वजनिक गर्नुभयो । उहाँका अनुसार मंसिर २० गतेबाटै महाधिवेशनको कार्यक्रम औपचारिक रूपमा प्रारम्भ हुनेछ ।
बैठकमा केही नेताहरूले विशेष महाधिवेशनको माग गर्दै आएका भए पनि अन्ततः पुसमै नियमित महाधिवेशन गर्ने साझा निष्कर्षमा बैठक पुगेको छ ।
पार्टीले सार्वजनिक गरेको कार्यतालिका यस प्रकार छः
– मंसिर २० गतेभित्र केन्द्रीय स्तरबाट नयाँ क्रियाशील सदस्य वितरण सम्पन्न गर्ने।
– मंसिर २४ गतेसम्म जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेश सभा क्षेत्र हुँदै वडा समितिसम्म नयाँ क्रियाशील सदस्य फाराम पठाउने प्रक्रिया पूरा गर्ने।
– पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरण तथा नवीकरण कार्य अन्त्य गर्ने।
– पुस १४ गते प्रारम्भिक छानबिन समितिको निर्णयमाथि परेको पुनरावेदन तथा केन्द्रीय छानबिन समितिमा परेका नयाँ/नवीकरणसम्बन्धी उजुरीहरूको अन्तिम टुङ्गो लगाई अन्तिम सदस्य सूची सभापति तथा कार्यवाहक सभापतिलाई बुझाउने।
– नयाँ क्रियाशील सदस्यता वितरणमा समावेशीता, नवयुवा पुस्ता तथा अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत समावेश गर्ने व्यवस्था लागू गर्ने।
– पुस १५ गते विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन।
– पुस १६ गते गाउँ/नगर तथा वडा अधिवेशन।
– पुस १७ गते गाउँ/नगरपालिका अधिवेशन।
– पुस १९ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन।
– पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन।
– पुस २२ गते एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन।
– पुस २३ र २४ गते प्रदेश अधिवेशन।
– पुस २६-२८ गते पार्टीको १५ औँ महाधिवेशन।














प्रतिक्रिया दिनुहोस्