काठमाडौं, मंसिर २०। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन आफू तयारी अवस्थामा रहेको बताउनुभएको छ। सर्लाही पुग्नु भएको उहाँले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै निकट भविष्यमै देशव्यापी दौडाहामा निस्कने तयारी भइरहेको जानकारी दिनुभयो।
महामन्त्री थापाले अधिवेशनको प्रक्रिया सुरु भइसकेकाले अब पार्टीभित्र छलफल र परामर्शको घनत्व बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अधिवेशनको प्रक्रिया अगाडि बढिसकेपछि यसलाई कसरी सामना गर्ने भन्ने विषयमा पार्टीका साथीहरूसँग छलफल हुन्छ, नेताहरू, सहयोगी साथीहरूसँग परामर्शमार्फत अन्तिम निर्णय हुन्छ, म १५ औँ महाधिवेशनका लागि सभापति पदको उम्मेदवार हुँ’, उहाँले भन्नुभयो ।
सभापति पदका लागि प्रतिस्पर्धामा उत्रिने तयारीमा रहनुभएका थापाले अब केही दिनमै देश दौडाहामा निस्किने बताउनुभयो। ‘पूर्वदेखि पश्चिमसम्म जानेछु, पहिलो चरणमा हाइवे क्षेत्रमा पर्ने २०–२२ जिल्ला भेट्ने योजना बनाइरहेको छु’, उहाँले भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्