जनता टाइम्स

२१ मंसिर २०८२, आईतवार ०९:२२

एमाले महाधिवेशन उद्घाटन सत्रमा  ५० हजार युवाकाे सहभागिता हुन्छ : क्षितिज थेबे


काठमाडौं, मंसिर २१। नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई ‘ऐतिहासिक जनसभा’ बनाउने तयारी तीव्र पारिएको छ । महाधिवेशनको उद्घाटन कार्यक्रममा ५० हजार युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न प्रदेश र जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक तथा जिल्लागत युवा टोलीहरू संगठित रूपमा सहभागी हुने तयारी भइरहेको छ । महाधिवेशनलाई महाउत्सव बनाउने लक्ष्यसहित संघका विभिन्न संरचनाले युवा परिचालन अभियान सञ्चालन गरिरहेका छन् ।

उहाँले युवा उपस्थिति मात्र संख्याका हिसाबले होइन, राजनीतिक ऊर्जा, संगठनप्रति भरोसा र भावी नेतृत्व उत्पादनको दृष्टिले पनि महत्वपूर्ण हुने बताउनुभयो ।