नेकपा एमालेको ११औं महाधिवेशनको मिति नजिकिदै जाँदा पदाधिकारीमा ६० भन्दा बढी आकांक्षी देखिएका छन । हालका पदाधिकारी सवै माथिल्ला वा सोही पदमा रहन गृहकार्य अघि बढाइरहँदा स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र प्रदेश अध्यक्षसम्म पदाधिकारीको लबिङमा देखिएका हुन ।
अध्यक्षमा केपी शर्मा आलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल मात्र देखिनुभएको छ । बरिष्ठ उपाध्यक्ष पोखरेल आफ्नो चाहना र इच्छाले भन्दा पनि पर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको दवावमा अध्यक्ष ओलीलाई सर्वसम्मत हुन नलिन प्रतिस्पर्धा गर्ने अवस्थामा पुग्नुभएको देखिएको छ । उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षमा भने आकांक्षीको संख्या देखेर स्वयं अध्यक्ष ओली र बरिष्ठ उपाध्यक्ष पोखरेल तर्सनु पर्ने अवस्था देखिएको छ ।
पदाधिकारीमा स्थायी कमिटीका सवै नेताहरु दावेदार हुनुहुन्छ । दावेदारले यसपटक आफ्नो लागि अन्तिम पटक भएको भन्दै पदाधिकारी नपाए केन्द्रीय सदस्यमा पनि उम्मेदवार नपर्ने भन्दै अध्यक्ष ओलीलाई घुक्याउन थालेका छन । महाधिवेशन प्रतिनिधि छनोट र आयोजकको संख्या हेर्दा एक तिहाई पनि नआउने अवस्था हुँदासमेत संथापनतिर मात्र नभई बरिष्ठ उपाध्यक्ष पोखरेल समुहतिर पनि पदाधिकारी मिलाउन हम्मेहम्मे देखिएको छ । सो समुहमा महासचिवमा योगेश भटेटराई र गोकर्ण बिष्ट दुवै दावेदार रहेपछि मिलाउन मुस्किल परेको हो ।

सधै एउटै समुहमा रहने तर कट्टर दुश्मनका रुपमा चिनिएका दुवै जना एकै पदमा आकांक्षी रहेको र संस्थापनबाट महासचिवमा शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङमध्ये एक जना उम्मेदवार हुने निश्चित जस्तैको छ । यसपटक सचिवको दावेदार निकै धेरै रहेका छन ।
एमालेमा बिधान महाधिवेशनले अध्यक्षसहित १५ जना पदाधिकारीको ब्यवस्था गरेको छ । संशोधन नभएमा अध्यक्ष, उपाध्यक्ष–३, महासचिव, उपमहासचिव–३ र सचिव–७ जना गरी १५ जना मात्र अटाउन सकिन्छ । सात जना सचिवका लागि ५० भन्दा बढी दावेदार देखिएका हुन । यसपटक केन्द्रीय सदस्यमा पनि आवश्यक संख्याभन्दा सात गुणा ज्यादा आकांक्षी देखिएका छन । महाधिवेशन प्रतिनिधि मनोनीतपछि झनै बढने देखिएको छ ।
दावेदारको संख्या हेर्दा संस्थापनमा निकै धेरै चाप रहेको छ । उता पोखरेल समुहतिरका नेताहरु पनि संस्थापनले सूचीमा राखे तत्कालै छाडेर आउने भन्दै गुण्डु पुगेर अध्यक्ष ओलीलाई भनिरहेका छन । सो समुहका पदाधिकारीहरु नै अध्यक्ष ओलीसँगको भेटमा तपाईंले राखे तपाईतिरै त हो, नराखे उता लाग्नै पर्ने बाध्यता हुन्छ भन्दै भेटिरहेका छन ।
आफूले मागेको पद पाए पोखरेलसहित ६ जना पदाधिकारी नै संस्थापनको लाइनमा उभिन तयार रहेको सन्देश गुण्डुमा दिइसकिएको छ । चुनावमा जाने भने पनि निकै कम मत आउने तथ्य बुझेर सो समुहले सहमतिमा जाने हो भने हामीलाई यथावत भन्न थालेको हो ।
सो समुहको कुरा बुझेर सर्वसम्मत बनाउन बिधान संशोधन गरी दुई जना बरिष्ठ उपाध्यक्षको ब्यवस्था गर्नसमेत अध्यक्ष ओलीलाई सुझाइ रहेका छन । पदाधिकारीको संख्या बढाएर सवै पदाधिकारी अटाउने अवस्था आएमा उपमहासचिवभन्दा मााथिको पदमा सर्वसम्मत हुने अवस्था रहेको पोखरेल समुहको बुझाइ छ । आकांक्षीको लर्काे हेर्दा सचिव र केन्द्रीय सदस्यमा भने यसपटक पनि सर्वसम्मत हुने संभावना देखिएको छैन ।
को केमा छन आकांक्षी ?
अध्यक्ष
केपी शर्मा ओली
ईश्वर पोखरेल
कोशी
गुरू बराल, योगेश भट्टराई, भानुभक्त ढकाल, राजेन्द्र गौतम, अग्नि खरेल, भीम आचार्य, लालबाबु पण्डित, शेरधन राई, हिक्मत कार्की, बिशाल भट्टराई, विनोद ढकाल, परशुमेघी गुरुङ, सुनिता बराल ।
मधेश
रघुवीर महासेठ, लिला श्रेष्ठ, सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, जुलीकुमारी महतो, सरोजकुमार यादव ।
बागमती
अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु रिमाल, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, डा. राजन भट्टराई, डा. विन्दा पाण्डे, शेरबहादुर तामाङ, महेश बस्नेत,अ आनन्दप्रसाद पोखरेल, सिताकुमारी पौडेल, अरुण नेपाल, गोकुल बाँस्कोटा, विनोद श्रेष्ठ, रचना खडकालगायत ।
लुम्बिनी
विष्णुप्रसाद पौडेल, युवराज ज्ञवाली, शंकर पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, छविलाल विश्वकर्मा, खिमलाल भट्टराई, सूर्य थापा, ठाकुर गैरे, लिला गिरी, वैजनाथ चौधरी, सूर्य थापा, शान्ता चौधरी, रामकुमारी झाँक्री ।
गण्डकी
पृथ्वीसुब्बा गुरूङ, पद्या अर्याल, किरण गुरुङ, थममाया थापा, खगराज अधिकारी, जगत विश्वकर्मा ।
कर्णाली
यामलाल कँडेल, गोरखबहादुर बोगटी, गुलावजंग शाह, निरज आचार्य, भैरवबहादुर श्रेष्ठ।
सुदूरपश्चिम
लेखराज भट्ट, कर्ण थापा, ।
केन्द्रीय सदस्यहरूबाट
माधव ढुंगेल, विष्णु रिजाल, रमेश पौडेल, झपट रावल, किशोर विक्रम मल्ल, नबिना लामा, निरज आचार्य, विद्या भट्टराई, उषाकिरण तिम्सिना, ऐन महर, कैलाश ढुंगेललगायत हाल केन्द्रीय कमिटीमा रहेकामध्ये ६० प्रतिशत।












प्रतिक्रिया दिनुहोस्