काठमाडौं, मंसिर २३ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमले दोलखा केपी ओलीको नेतृत्वलाई स्थापित गर्न एकजुट भएको छ ।
राष्ट्रिय महाधिवेशनका लागि दोलखा जिल्लाबाट चयन भएका प्रतिनिधिहरूको मंगलबार भक्तपुरमा भएको अन्तर्संवाद कार्यक्रम सहभागी प्रतिनिधिहरूले केपी ओलीको नेतृत्वलाई स्थापित गर्ने प्रतिबद्धता जनाएका हुन् ।
दोलखा भूगोल र दोलखा ठेगाना भई पार्टीका विभिन्न कमिटी तथा जनसंगठनमा क्रियाशील नेताहरू सहभागी भएको उक्त कार्यक्रममा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरिएको थियो । एमालेको केन्द्रीय, प्रदेश, जिल्ला तथा प्रवास कमिटीमा कार्यरत दोलखा मूलका कुल ४३ जना प्रतिनिधि यस पटक ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुँदै छन् ।
कार्यक्रममा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य एवं जिल्ला इञ्चार्ज पार्वत गुरुङले केपी ओलीकी टिमबाट दोलखाले पदाधिकारीको कामना गरेको बताउनुभयो । यदि भएन भने त्यसलाई पनि त्याग्ने पर्ने बताउँदै उहाँले जिन्दगी लामो भएको स्पष्ट पार्नुभयो । ‘कमिटी विहीन हुने काम नगरौँ, पार्टीलाई पनि योगदान गरौँ’, उहाँले भन्नुभयो ।

सबै दोलखालाई पार्टी नेतृत्वको पक्षमा एक गराउन आफूले प्रयत्न गरेको बताउँदै उहाँले पार्टी निर्माण र दोलखा पार्टीको एकताको निम्ति आफूले प्रयास गरेको बताउनुभयो । आफू पार्टीले जहाँ बस्न भन्छ त्यहीँ बस्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इञ्चार्ज पार्वत गुरुङ, पोलिटब्युरो सदस्य आनन्द पोखरेल लगायतका केन्द्र, प्रदेश, जिल्ला तथा जनसंगठनका नेताहरूको अन्तर्संवादमा सहभागिता थियो ।













प्रतिक्रिया दिनुहोस्