जनता टाइम्स

२३ मंसिर २०८२, मंगलवार २०:०३

दोलखाका एमाले महाधिवेशन प्रतिनिधिले केपी ओलीलाई भेटे, ४० मा एकजना बाहेक सबै ओलीको पक्षमा 


काठमाडौं, मंसिर २३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग दोलखा जिल्ला स्थायी ठेगाना भएका केन्द्र, प्रदेश, जिल्ला, जनसंगठन र प्रवासका पार्टीको ११ औँ महाधिवेशन प्रतिनिधिहरूले समेत मंगलबार भेट गर्नुभएको छ ।

भक्तपुरको गुण्डु स्थित ओली निवासमा पुगेर उहाँहरूले ओलीलाई भेट गर्नुभएको हो । बैठकमा एमाले उपाध्यक्ष गुरु बराल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समेत सहभागी हुनु भएको प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि गणेश बस्नेतले जानकारी दिनुभयो ।

बैठकमा सहभागी ४० जना महाधिवेशन प्रतिनिधि मध्ये एक जना आयोजक सदस्य बाहेक सबै अध्यक्ष केपी ओलीको पक्षमा उभिएका पनि बस्नेतले बताउनुभयो । पार्टी केन्द्रीय सदस्य तथा आयोजक प्रतिनिधि रचना खडकाले आफ्नो कुरा राखेर अर्को कित्तामा लाग्नुभएको उहाँले बताउनुभयो । ‘दोलखाको अन्तिम सत्य यही हो, अब के हो ? भनेर सोधी रहनै परेन’, उहाँले भन्नुभयो ।

एमालेको ११ औँ महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ ।