जनता टाइम्स

२३ मंसिर २०८२, मंगलवार २०:२७

एमालेकाे राष्ट्रिय महाधिवेशनमा भक्तपुरबाट ५० हजार सहभागी गराउने तयारी, घर–घरमा निम्तो बाँड्दै 


भक्तपुर, मंसिर २३ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गराउन एमाले भक्तपुरले अभियान नै सुरु गरेको छ ।

भक्तपुरको सल्लाघारीको मैदानमा हुने महाधिवेशन उद्घाटन समारोहमा नागरिकको भव्य उपस्थिति गराउन भक्तपुर एमाले योजनाबद्ध रूपमा लागेको छ । पार्टीका विभिन्न वडा कमिटीहरूले घरदैलो गरी कार्यक्रममा सहभागी हुन नागरिकलाई निम्तोपत्र बाँड्न लागेका छन् ।

सोही क्रममा सूर्यविनायक नगरपालिका नं ८ वडा कमिटीले निमन्त्रणा सहितको घरदैलो कार्यक्रम गरेको छ । वडा कमिटीले घर घरमा गएर कार्यक्रममा आउन निम्तो दिएको छ ।

मंसिर २७ गतेको उद्घाटन कार्यक्रममा भक्तपुरले ५० हजार भन्दा बढी जनसमुदायको उपस्थिति बनाउने लक्ष लिएको छ । सोही लक्षलाई सफल बनाउन नेकपा एमाले सूर्यविनायक नगर कमिटीले मंगलबार विस्तारित बैठक समेत आयोजना गरेको छ  । बैठकमा पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका सहभागिता थियो ।