जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार १०:४१

कास्की–२ उपनिर्वाचन : विद्याले आफैलाई भोट हाल्दा स्थानीयबासी नभएका खेमराजले हाल्नै पाएनन


पोखरा, मंसिर १४

कास्की क्षेत्र नम्बर २ की प्रतिनिधीसभा सदस्यकी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उमेद्वार विद्या भट्टराई अधिकारीले भोट हाल्नु भएको छ । उहाले पोखरा ३३ को शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान नौ बजे मत हाल्नु भएको हो ।

भट्टराईले अन्य मतदाताजस्तै लाइनमा बसेर भोट खसाल्नु भएको छ । त्यस्तै साझा पार्टीकी रजनी केसीले विहान सवा सात बजे पोखरा ४ गैरापाटनमा रहेको नविन मावि मतदान केन्द्र पुगेर मतदान गर्नुभएको छ । समाजवादीका धर्मराज गुरुङले पनि पोखरा १६ को शान्ति माविमा मतदान गर्ने बताइएको छ ।

 

तर, नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भने आफैलाई मतदान नगर्ने हुनु भएको छ । उहाको मतदाता नामावलीमा कास्की क्षेत्र नम्वर ३ रहेका कारण मतदान गर्न नपाउनु भएको हो । कास्कीका २१ उम्मेदवार मध्ये १३ जनाले आफैँले आफैँलाई भोट गर्न पाउने छैनन् । उनीहरु निर्वाचन क्षेत्र भन्दा बाहिरका स्थायी बासिन्दा छन् ।