काठमाडौं, मंसिर २९ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत तय गरिएको कार्यतालिकामा सामान्य हेरफेर गरिएको छ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताको समय सकिएको छ। उम्मेदवारीमाथि उजुरी लिने, उजुरीमाथि निर्णय गर्ने र आजै राति ८:३० बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ।
यसअघि भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि तय गरिएको मतदान समय संशोधन गरिएको छ। संशोधित कार्य तालिकाअनुसार भोलि मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ।














प्रतिक्रिया दिनुहोस्