काठमाडौं, पुस १ । नेकपा (एमाले) का नेता विष्णुप्रसाद पौडेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज हुने नेतृत्व चयनको मतदानमा आफूलाई उपाध्यक्ष पदमा समर्थन गर्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गर्नुभएको छ।
महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उहाँले पार्टी निर्णायक राष्ट्रिय शक्ति बन्ने चरणमा पुगेको उल्लेख गर्नुभएको छ। त्यसका लागि नीति र कार्यक्रमलाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठनमार्फत जनतासँग जोड्नुपर्ने आवश्यकता पौडेलले औँल्याउनु भएको छ। यस कार्यका लागि नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने उहाँको धारणा छ ।
उहाँले आफूले उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन गरेको जानकारी दिँदै प्रतिनिधिहरूबाट अमूल्य मतको अपेक्षा गर्नुभएको छ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ। सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो। महाधिवेशनमा अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र विभिन्न पदमा प्रतिस्पर्धा भइरहेको छ ।
यस्ताे छ पौडेलकाे अपिल :













प्रतिक्रिया दिनुहोस्