जनता टाइम्स

१ पुष २०८२, मंगलवार १०:४१

एमाले ११ औँ महाधिवेशन : उम्मेदवारको अन्तिम नामावलि प्रकाशित, अध्यक्षमा केपी ओली र ईश्वर पाेखरेल – महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे प्रतिस्पर्धामा


 काठमाडौं, पुस १। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ।

केन्द्रीय निर्वाचन आयाेगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएकाे छ।

यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ। महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ।

३ उपमहासचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ भने ९ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ।