काठमाडौं, पुस १ । नेकपा (एमाले) निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेतले पार्टी र नेतृत्वको रक्षामा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग केन्द्रीय कमिटी सदस्य पदका लागि समर्थन माग्नुभएको छ।
११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उहाँले प्रेस चौतारी नेपाल संकटका बेला पनि पार्टी र नेतृत्वको रक्षामा ‘सतिसाल’ बनेर उभिँदै आएको उल्लेख गर्नुभएको छ। पार्टी, नेतृत्व र संगठनमाथि आउने अफवाह र आक्रमणको सामना गर्न प्रेस चौतारीले निरन्तर भूमिका खेलेको उहाँको भनाइ थियो।
उहाँले आफू एमाले केन्द्रीय कमिटी सदस्य पदमा खुला तर्फ उम्मेदवार रहेको जानकारी दिँदै प्रतिनिधिहरूबाट प्राप्त एक–एक मतलाई पार्टी र नेतृत्वविरुद्ध फैलाइने अफवाह तोड्ने हतियारका रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रेस चौतारी नेपालमा १० वर्ष अध्यक्ष भएर काम गर्नु भएका बस्नेतले पार्टीलाई सुदृढ बनाउने अभियानमा प्रतिनिधिहरूको अमूल्य मतको अपेक्षा गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्