जनता टाइम्स

७ पुष २०८२, सोमबार १२:१५

चुनाव होइन सुशासन भन्दै प्रदर्शनमा उत्रिएका युवा प्रहरी नियन्त्रणमा


काठमाडौँ,  पुस ७ ।  सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायत छन् ।प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेन-जी ‘संयुक्त आन्दोलन’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् । केही घाइते पनि त्यहाँ पुगेका छन् ।

तर, प्रशासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ । सोक्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको छ ।