जनता टाइम्स

७ पुष २०८२, सोमबार १३:४८

पत्रकारमाथि मिराज समूहको जेनजीद्वारा कुटपिट


काठमाडौं,  पुस ७।  आजबाट आन्दोलनको घोषणा गरेको मिराज ढुंगाना समूहका जेनजीले पत्रकारमाथि हातपात गरेका छन् । माइतीघरमा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रदर्शनमा उत्रिएका ढुंगाना समूहका जेनजीले कुटपिट गरेका हुन् । प्रदर्शनकारीले हातपात गरेपछि पत्रकारहरूले पनि प्रतिरोध गरेका थिए ।

दुई पक्षीय झडप नै भएपछि प्रहरीले केही जेनजीलाई पक्राउ समेत गरेको छ । प्रदर्शनकारीको कुटपिटमा परेर एकजना पत्रकार घाइतेसमेत भएका छन् ।