जनता टाइम्स

७ पुष २०८२, सोमबार १४:१२

केपी ओलीकाे फ्यान बन्दा साथीहरुकाे आखाँकाे ताराे बनेकी रुद्रा केसीकाे ओलीसँग फोटो खिच्ने रहर


काठमाडौं, पुस ७ । दाङको घोराही उपमहानगरपालिका–१३ की रुद्रा केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी कट्टर समर्थक हुनुहुन्छ । उहाँका विषयमा कसैले नकारात्मक टिप्पणी गर्दा आफूलाई असह्य हुने गरेको केसी बताउनुहुन्छ ।

केपी ओलीको पक्षमा लाग्दा साथीहरूसँग विवादसमेत भएको र कतिपयसँग त बोलचाल नै बन्द भएको उहाँको भनाइ छ । केपी ओली गलत मान्छे नभएकाेमा उहाँ विश्वस्त हुनुहुन्छ । ‘उहाँलाई गाली गरेको सुन्दा मलाई साह्रै रिस उठ्छ,’ केसीले भन्नुभयो, ‘भदौ २३ र २४ को घटनापछि उहाँको आलोचना हुँदा मेरो मन दुख्यो, त्यसकै कारण बाल्यकालदेखिको मिल्ने साथीसँग झगडा भयो र बोलचाल नै बन्द भयो ।’

उहाँ आफूलाई सबैभन्दा मन पर्ने नेता केपी शर्मा ओली नै भएको बताउँदै उहाँलाई प्रत्यक्ष भेट्ने चाहनासहित काठमाडौं आउनुभएको हो । तर अहिलेसम्म ओलीसँग भेट हुने अवसर भने नजुटेको उहाँ बताउनुहुन्छ । ‘म काठमाडौं आएको बेला केपी ओली बा’सँग एकपटक भेट्न चाहन्छु, उहाँलाई भेट्ने के उपाय होला हजुर ?’

ओलीप्रतिको यस्तो गहिरो भावनात्मक समर्थनले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ ।