काठमाडौं, पुस ८ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम पेश गर्ने समय नजिकिँदै गएको भन्दै महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गराउनुभएको छ ।
पार्टीको बैठक बसेर स्पष्ट मापदण्ड तय गरी तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिनुपर्ने आवश्यकताबारे महासचिवको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभएको छ । सो विषयमा महासचिव पोखरेलसँग फोनमार्फत कुरा भएको जानकारी भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको हो ।
भट्टराईले फेसबुकमा लेख्नुभएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेश गर्ने समय नजिक आइसकेको छ । पार्टीको बैठक बसेर मापदण्ड बनाएर तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन गर्नुपर्ने छ । यस विषयमा महासचिव कमरेड शंकर पोखरेललाई फोनमार्फत ध्यानाकर्षण गरेको छु ।’













प्रतिक्रिया दिनुहोस्