काठमाडौं, पुस ८ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ ।
राष्ट्रपतिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलका लागि शीतलनिवास बोलाउनुभएको हो ।
राष्ट्रपति पौडेल र तीन शीर्ष नेताबिचको छलफल आज अपराह्न ३ बजे शीतलनिवासमा सुरु हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्