काठमाडौँ, पुस १३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्णायक वार्तामा जुटनुभएको छ ।
शनिबार साँझदेखि बालेन र कुलमानबीच बालुवाटारको एक घरमा चलिरहेको छलफलमा रास्वपाका सभापति लामिछाने पनि मिसिनुभएको छ ।
रास्वपासँग मिलेर चुनावमा जान शुक्रबारदेखि चलिरहेको वार्ता निष्कर्षमा पुग्न नसकेका बेला बालेनले शनिबार राति कुलमानसँग मात्र भेटवार्ता गर्नुभएको थियो। सो छलफलमा रविलाई सभापति र बालेनलाई चुनावपछि सरकारको नेतृत्वमा लैजाने गरी सहमतिको प्रयास भएको थियो । यही सहमतिलाई शनिबार पूर्णता दिने तयारी थियो । तर शनिबार दिनभर वार्ता भएन ।
बरु शनिबार साझ बालेन र कुलमानविच वार्ता सुरु भएको थियो । शनिबार कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो, जसमा कुलमान आफैले रास्वपाको प्रस्ताव स्वीकार गर्न नसकिने भन्दै आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो ।
शनिबार दिउँसो १ बजेदेखि साझ ५ बजेसम्म बौद्धको एक होटलमा बसेको उज्यालो पार्टीको बैठका संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले रास्वपाको प्रस्तावबारे ब्रिफिङ गरेको र सो क्रममाघिसिङले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव आएको जानकारी दिनुभएको थियो । तर बैठकले यो प्रस्तावलाई अस्वीकार गर्यो ।
सो बैठक लगत्तै बालेन र कुलमानबीच बालुवाटारस्थित एक घरमा छलफल सुरु भएको थियो । अहिले रवि, कुलमान र बालेनबीच रातभर नसेर प्योकजमै सहमतिमा गर्ने गरी छलफल जारी रहेको स्रोतले बताएको छ । ‘प्याकेजमै सहमतिको खाका बनाउने निश्कर्षका साथ बार्ता जारी छ,’ जनताटाइम्स डटकमलाई संक्षिप्त कुरा गर्दै स्रोतले भन्यो ।













प्रतिक्रिया दिनुहोस्