जनता टाइम्स

१५ मंसिर २०७६, आईतवार २०:०१

मतदातालाई धन्यवाद दिदै विजयी भट्टराईले भन्नुभयो-कास्केली जनताले रवीन्द्र अधिकारीलाई सम्मान गरे


पोखरा, मंसिर १५ ।  कास्की–२ मा प्रतिनिधिसभा सदस्यमा नेकपा उम्मेदवार  विद्या भट्टराई विजयी हुनुभएको छ । विजय भएपछि विद्याले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कास्केली जनताले रवीन्द्र अधिकारीलाई सम्मान गरेको प्रतिक्रया दिनुभएको छ । जनताले जुन भरोसाका साथ भोट गनुर््भएको छ त्यो आसलाई कहिल्यैपनि निरासा हुने नदिने बताउदै सम्पुर्ण मतदातालाई धन्यवाद दिनुभएको छ ।

पछिल्लो मतपरिणामअनुसार विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेलले १५ हजार९ सय ९१ मत प्राप्त गरेका छन् ।

निर्वाचन प्रचार प्रसारका क्रममा निकै चर्चामा रहेका साझा पार्टीका तर्फबाट उम्मेदावर रहेकी रजना केसीले भने ९  सय ४२ मत मात्रै प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मत खसेको थियो ।
यसैबीच कांग्रेसका उम्मेदवार खेमराज पौडेलले निर्वाचित भएपछि विद्यालाई बधाई दिनुभएको छ उहाँले ट्विटरमा लेख्नु भएको , विजयी नानीलाई हृदयले बधाई, राम्रो गर्नु।