काठमाडौँ, पुस १३ । नेपाली कांग्रेसको महाधिवेशन फेरि अनिश्चिततातर्फ धकेलिएको छ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरणको काम समयमै नसकिँदा पार्टीको समग्र चुनावी कार्यतालिका प्रभावित भएको छ । त्यसैले फागुन २१ अघि महाधिवेशन हुने सम्भावना न्यून रहेको उहाँको भनाइ छ ।
सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने घोषणा गरेको छ। चुनावको तयारी गर्नुपर्ने भएकोले चुनावअघि महाधिवेशन हुने सम्भावना न्यून रहेको महतको धारणा छ ।
कांग्रेसले यसअघि पुस २६ गतेबाट अधिवेशन गर्ने निर्णय गरेको थियो। महाधिवेशनबारे निष्कर्ष निकाल्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक निरन्तर बस्दै आए पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन।













प्रतिक्रिया दिनुहोस्