जनता टाइम्स

१३ पुष २०८२, आईतवार २०:१७

एमाले सचिवालय बैठक सम्पन्न : समानुपातिककाे सूचीलाई अन्तिम रूप दिइयो, प्रत्यक्ष तर्फका उम्मेदवार पुस २० भित्र सिफारिस गर्न निर्देशन 


काठमाडौं, पुस १३। नेकपा एमालेको सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले समानुपातिक सांसदका उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिएको छ ।

बैठकले प्रत्यक्षतर्फको उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ । सोअनुसार आगामी पुस २० गतेभित्र सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीमार्फत प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको प्रस्ताव तथा विभिन्न नेताहरूबाट आएका सुझावहरू समेटेर अन्तिम निर्णय अध्यक्षले नै गर्ने गरी समझदारी भएको छ । बैठकमा सहभागी नेताहरूसँग आवश्यक परामर्शपछि बन्द सूची अन्तिम टुङ्गो लगाउने र भोलि निर्वाचन आयोगमा पेश गर्ने निर्णयसमेत गरिएको छ ।

पार्टी संगठनलाई निर्वाचन केन्द्रित बनाउँदै उम्मेदवार छनोट प्रक्रियालाई समयमै टुङ्ग्याउने उद्देश्यसहित सचिवालय बैठकले यी निर्णयहरू गरेको हो ।