काठमाडौं, पुस १३ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दालाई अझ मजबुत बनाउने उद्देश्यसहित पार्टी एकीकरणमा सहमति भएको जनाउँदै संयुक्त विज्ञप्ति जारी गर्नु भएकाे छ ।
विज्ञप्तिअनुसार दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै पार्टी एकीकरण गर्ने निष्कर्ष निकालेको हो ।
पार्टी एकीकरणको औपचारिक प्रक्रिया, संगठनात्मक संरचना तथा भावी कार्यदिशाबारे थप निर्णय आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ ।














प्रतिक्रिया दिनुहोस्