जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार ११:४६

ब्राजिलका पूर्वराष्ट्रपतिद्वारा आत्मसमर्पण


ब्राजिल, बैशाख २७

ब्राजिलका पूर्वराष्ट्रपतिले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ । पूर्वराष्ट्रपति मिसेन टेमेअरले भ्रष्टाचार गरेको फैसला अदालतले गरेलगत्तै उहाँले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो । टेमेअरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेको लगायत ६ वटा अभियोग अदालतमा दर्ता भएको थियो ।

यही अभियोगमा उहाँ गत मार्चमा पक्राउ पर्नुभएको थियो । पक्राउपछि जारी बन्दी प्रत्यक्षीकरण रिटबाट उहाँ हिरासत मुक्त हुनुभएको थियो । तर, बुधवार पुनः उहाँमाथि लागेको अभियोगको फैसला गर्दै अदालतले जेल चलान गर्ने आदेश दिएको थियो । उहाँले अदालतको आदेशसँगै त्यसको सम्मान गर्दै प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो । एजेन्सी