काठमाडौं, पुस १४ । तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक जेन–जी घटनासम्बन्धी छानबिन तथा जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुग्नुभएको छ ।
आयोगले भदौ २३ र २४ गते भएका घटनाक्रम तथा ती घटनासँग सम्बन्धित विषयमा तत्कालीन सरकारबाट गरिएका निर्णय र कारबाहीबारे स्पष्ट पार्न उहाँलाई पत्राचार गरेको थियो । सोही अनुरूप उहाँ आयोगसमक्ष उपस्थित हुनुभएको हो ।
बयानपछि उहाँले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
यसअघि आयोगले तत्कालीन सुरक्षा निकायका प्रमुख, मुख्यसचिवलगायत सम्बन्धित पदाधिकारीहरूसँग आवश्यक बयान लिइसकेको छ ।
भदौ २३–२४ मा भएका घटनासम्बन्धी सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न पूर्वन्यायाधीश गौरिबहादुर कार्कीको नेतृत्वमा सरकारले उक्त आयोग गठन गरेको छ ।













प्रतिक्रिया दिनुहोस्