काठमाडौं, पुस १४ । तत्कालीन गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा उपस्थित भएर भदौ २३ गते भएको आन्दोलनसम्बन्धी घटनाक्रमबारे बयान दिनुभएको छ । आयोगसमक्ष साेमबार दिएको बयानमा उहाँले आन्दोलनमा सरकारको तर्फबाट बल प्रयोग गर्ने कुनै नीतिगत निर्णय नभएको स्पष्ट पार्नुभएको छ ।
लेखकका अनुसार २३ गतेको आन्दाेलनलाई आन्दोलनका अगुवाहरूले नै हाइज्याक भएको बताइसकेका छन् । २३ को घटनालाई लिएर २४ गते केही राष्ट्र विरोधी तत्त्वहरूले आन्दोलनलाई भड्काउने प्रयास गरेका कारण अवस्था बिग्रिएको उहाँको भनाइ छ ।
आन्दोलनका क्रममा सुरक्षा निकायले बल प्रयोग गरेको विषयमा सरकारको कुनै अतिरिक्त वा विशेष निर्णय नभएको उल्लेख गर्दै उहाँले त्यो अधिकार कानुनले नै सुरक्षा निकायलाई तोकिएको बताउनुभएको छ । यस्तो छ लेखकले आयोगमा दिएको लिखित बयान :














प्रतिक्रिया दिनुहोस्