काठमाडौं, पुस १४ । आफ्नै श्रीमान् रेसम चौधरीसँग विद्रोह गर्दै पार्टी विभाजनको नेतृत्व गर्नुभएकी रञ्जिता श्रेष्ठ अन्ततः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा मिसिनु भएको छ । उहाँ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेकपाबीच एकीकरण भएको हो ।
नेकपाको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा भएको वार्तापछि १० बुँदे सहमतिमा हस्ताक्षर गर्दै दुई पार्टी एकीकृत भएका हुन् । सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
एकीकरणपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने र चुनाव चिह्न ‘तारा’ कायम रहने सहमतिमा उल्लेख छ । साथै, दुवै पार्टीका संघ, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनेछन् ।
एकीकरणसँगै पार्टीको संगठनात्मक संरचना, जिम्मेवारी बाँडफाँट र भावी राजनीतिक कार्यदिशाबारे विस्तृत निर्णय क्रमशः सार्वजनिक गरिने नेताहरूले बताएका छन् ।














प्रतिक्रिया दिनुहोस्