जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार ०६:५१

दाङको प्रदेशसभामा नेकपाकी बिमलाकुमारी खत्री विजयी


काठमाडौं, मंसिर १६ । प्रदेशसभा उपचुनाव अन्तर्गत दाङ ३ (ख) मा नेकपाकी बिमलाकुमारी खत्री विजयी हुनुभएको छ ।

उहाँले २४ हजार २८६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याउनुभयो ।

यसअघि २०७४ सालको चुनावमा एमालेका उत्तरकुमारी ओलीले २३ हजार ९७० मत ल्याएर विजयी हुनुभएको थियो। त्यतिबेला कांग्रेसले १७ हजार ५३५ भोट ल्याएको थियो ।