जनता टाइम्स

१६ पुष २०८२, बुधबार २१:१५

यस्ताे छ एमालेले निर्वाचन आयोगमा बुझाएकाे समानुपातिक बन्द सूची : नयाँ भनिएका पार्टीलाई जस्ताे परिवारवाद र नातावादले छाेएन


काठमाडौं, पुस १६। नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची सार्वजनिक भएकाे छ । विभिन्न समुदाय र समूहबाट १ सय १० जना उम्मेदवार समेटिएको उक्त सूचीलाई पार्टीले समावेशी, सन्तुलित र योगदानमुखी भएको दाबी गरेको छ ।

एमालेका नेताहरूका अनुसार सार्वजनिक सूचीमा परिवारवाद, नातावाद र कृपावाद हावी नभई लामो समयदेखि पार्टी, जनसंगठन र सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ । अन्य दलका समानुपातिक सूचीसँग तुलना गर्दा एमालेको सूची अपेक्षाकृत व्यवस्थित, समावेशी र विवादरहित देखिएको छ ।

खस–आर्य समूहबाट ३६ जना

महिला

खस–आर्य समूहबाट पूर्वमन्त्री पद्मा अर्याल, टुकाभद्रा हमाल, निरुदेवी पाल, कोमल वली, नर्वदादेवी सिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एशुदाकुमारी बराल, लीलाकुमारी भण्डारी, सानुमैयाँ खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल), क्रान्ति बुर्लाकोटी, कल्पना शर्मा जोशी, विजया धिताल र भागिरथी कुमारी चन्दलाई सूचीमा राखिएको छ ।

पुरुष

यसैगरी गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा (स्याङ्जा), हरिशंकर योगी, बालाराम शर्मा, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल, ठानेश्वरप्रसाद बस्याल, लालबहादुर रावल, डफकुमार बास्तोला र बमबहादुर बिसी खस–आर्य समूहबाट समेटिनुभएको छ ।

आदिवासी जनजातिबाट व्यापक प्रतिनिधित्व

महिला

आदिवासी जनजाति समूहबाट भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी र हरुसरा रानालाई सूचीमा राखिएको छ ।

पुरुष

यसै समूहबाट रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, विद्यानन्दसिंह राजवंशी, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर, जेहेन्द्र सिंह ऐतवाल (सौका), प्रेम घले, दलबहादुर गुरुङ, विजयसिंह लामा तामाङ, नवीन रोक्का मगर, विषमलाल अधिकारी दनुवार र राजकुमार श्रेष्ठ पनि समेटिनुभएको छ ।

मधेसी, दलित, थारु र मुस्लिम समुदायको सहभागिता

मधेसी महिला 

मधेसी समुदायबाट रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मञ्जु महतो, अंशु सिंह, बविता दास, आशा यादव,

मधेसी पुरुष

चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, चन्देश्वर यादव, अनिलकुमार सिंह, विचारीप्रसाद यादव र सचिदानन्द साहलाई उम्मेदवार बनाइएको छ ।

दलित महिला 

दलित समुदायबाट विष्णुमाया विक, नीता घतानी, राधिका भुजेल साकी, अञ्जु नेपाली, मायादेवी पोडेनी, उर्मिलादेवी पासमान, मैना अछामी, सावित्रा घिमिरे,

दलित पुरुष

जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, सोम पोर्तेल, बोमबहादुर विश्वकर्मा र जगबहादुर नेपाली समेटिनुभएको छ ।

थारु महिला

थारु समुदायबाट मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी, असरादेवी चौधरी,

थारु पुरुष

कृपाराम राना, शिवप्रसाद चौधरी र जजीर प्रसाद चौधरी सूचीमा रहनुभएको छ ।

मुस्लिम महिला 

मुस्लिम समुदायबाट साजिदा खातुन सिद्धिकी, रुही नाज, रोजीरन खातुन

मुस्लिम पुरुष

मोहम्मद हारुन हलवाई र एकवाल मियालाई उम्मेदवार बनाइएको छ ।

पार्टीको दाबी : योगदान र समावेशितालाई आधार

एमाले नेतृत्वका अनुसार बन्द सूची तयार गर्दा संविधानले व्यवस्था गरेको समावेशिताको मापदण्डसँगै पार्टी र समाजमा गरिएको योगदानलाई मुख्य आधार बनाइएको छ । नातागोता, पारिवारिक सम्बन्ध वा आर्थिक पहुँचका आधारमा नाम छनोट नगरिएको पार्टीको स्पष्टिकरण छ ।

राजनीतिक वृत्तमा एमालेको समानुपातिक सूचीलाई लिएर अन्य दलका सूचीसँग तुलना भइरहेको छ । विश्लेषकहरूका अनुसार सार्वजनिक सूचीमा देखिएका नाम र तिनको पृष्ठभूमिले एमालेको ‘परिवारवाद र नातावाद हावी छैन’ भन्ने दाबीलाई तथ्यगत रूपमा मूल्याङ्कन गर्ने आधार दिएको छ ।