काठमाडौं, पुस १७ । सुनसरीमा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी गाउँपालिका–१ का विजय साह रहेको प्रहरीले बताएको छ ।
“राति १ बजे गोली चलेको खबर आएपछि प्रहरीको टोली घटनास्थल पुग्दा विजय साह मृत फेला परेका थिए,” जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले भन्नुभयो “घटनास्थलमा गोलीका खोका फेला परेका छन् । हामी गोली कसले हान्यो अनुसन्धानमा छौँ ।” साहले सिटी रिक्सामा चिनी, सरफलगायत सामान ल्याउँदै गरेको देखिएको डीएसपी खड्काले बताउनुभयो । उहाँका अनुसार घटनास्थल भारतीय सीमाबाट करिब ५०० मिटरको दूरीमा रहेको छ ।













प्रतिक्रिया दिनुहोस्