जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार १०:४५

सागमा नेपाललाई पहिलो पदक, स्वर्णका लागि चञ्चला फाइनलमा


काठमाडौं, मंसिर १६

दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कराँतको महिला व्यक्तिगत काँटातर्फ नेपालले रजत पदक पक्का गरेको छ । काँटातर्फ नेपालकी चञ्चला दनुवार फाइनलमा प्रवेश गर्नुभएको हो ।

सोमबार बिहान ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा भएको खेलमा भुटान र बंगलादेशका खेलाडीलाई हराउँदै नेपालकी चञ्चला दनुवारले रजत पदक पक्का गर्नुभयो । दनुवारले २४.२ प्वइन्ट ल्याउँदै जित हासिल गर्नुभयो । अब स्वर्ण पदकका लागि केही बेरमा नेपालले पाकिस्तानसँग खेल्दै छ ।