जनता टाइम्स

१८ पुष २०८२, शुक्रबार २२:०२

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लियो


काठमाडौं,  पुस १८। झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार काठमाडौं–भद्रपुर उडानको ९०१ नम्बरको बुद्ध एयरको जहाज ओभररन भएर ग्रास एरियामा पुगेको हो ।

विमान रनवेबाट ग्राउन्ड क्षेत्रतर्फ केही बाहिर पुगेको छ । अवतरणका क्रममा विमान रनवेबाट तलतर्फ चिप्लिएको थियो ।

विमानका सबै यात्रु भने सुरक्षित छन् ।विमानमा ५१ जना यात्रु सवार थिए ।