जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार १२:०६

ट्रायथलन नेपालकी सोनीलाई स्वर्ण


पोखरा, मंसिर १६

साग अन्तर्गत ट्रायथलन प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी छन् । यससँगै नेपालको स्वर्ण संख्या ४ पुगेको छ । पोखरामा भएको ट्रायथलनमा फेवातालमा ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड थियो ।

महिला ट्रायथोलनको पौडीमा तेस्रो भएकी सोनीले साइक्लिङमा दोस्रो भएकी थिइन् । यस्तै दौडमा सोनी पहिलो भएकी थिइन् । रजत र कास्य पदक भने भारतले जितेको छ ।

यसअघि नेपालका लागि कँरातेमा नेपालका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोमा कमल श्रेष्ठ र कराते कातामा नेपाली महिला टिमले पनि स्वर्ण जितेका छन् ।