जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार १२:२४

धरानको मेयरमा कांग्रेसका तिलक राई निर्वाचित, यसकारण पराजीत भए नेकपाका प्रकाश राई


धरान, मंसिर १६ । धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी हुनुभएको छ । आन्तरिक घातको कारण नेकपाकै किल्ला मानिएको धरानमा नेकपाका उम्मेदवार प्रकाश राई पराजीत हुनुभएको छ ।

कांग्रेस उम्मेद्वार तिलकले नेकपाका उम्मेद्वार प्रकाशलाई करिब २७९५ सय मतले पछि पार्दै जित हात पार्नुभएको हो । तिलकले २६,७०९ मत प्राप्त गरी जित हात पार्दा नेकपाका प्रकाशले २३,९१४ मत पाउनु भएको छ ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचत तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा नेकपाभित्रकै घातले प्रकाश पराजित हुनुभएको हो ।