जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार १२:५३

जो एक भोट बढी ल्याएर वडाध्यक्षमा निर्वाचित भए


धरान, मंसिर १६ । धरान उपमहानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा सत्तारुढ नेकपा उम्मेदवार जीवनराज सुवेदी विजयी हुनुभएको छ । सुवेदीले नेपाली कांग्रेसका उम्मेद्वार सुवर्ण पालिखेलाई एक मतले हराउँदै जीत हाँसिल गर्नुभएको हो ।

नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर विजयी हुँदा कांग्रेसका पालिखेले ६२१ मत प्राप्त गर्नुभएको छ । चुनाव हारेपछि कांग्रेसले पुनःमतगणनाको माग गरेको छ । कांग्रेसले पुनः मतगणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो ।