जनता टाइम्स

२० पुष २०८२, आईतवार १३:४२

दाङ–२ बाट एमालेले महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस 


काठमाडौं, पुस २० । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले दाङ–२ बाट पार्टी महासचिव शंकर पोखरेलको नाम एकल रूपमा सिफारिस भएकाे छ ।

शुक्रबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय संयोजक सुदन केसीले महासचिव पोखरेलको नाम केन्द्रमा पठाउने निर्णय भएको जानकारी दिनुभयाे। दाङ–२ महासचिव पोखरेलको गृह निर्वाचन क्षेत्र हो ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पोखरेल यही क्षेत्रबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग १ सय ९६ मतान्तरले पराजित हुनुभएकाे थियाे। उक्त निर्वाचनमा शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेल २६ हजार ६ सय ८१ मत पाउनु भएकाे थियाे ।

एमालेले यसपटक सोही क्षेत्रबाट पोखरेललाई पुनः उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको छ ।