जनता टाइम्स

२० पुष २०८२, आईतवार १९:१८

भदौ २३ र २४ गतेका घटनाबारे तत्कालीन प्रधानमन्त्री ओलीसँग मानव अधिकार आयोगको सोधपुछ: जाँचबुझ आयोगको पत्र


काठमाडौं, २० पुस । राष्ट्रिय मानव अधिकार आयोगले गएको भदौ २३ र २४ गते भएका घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ ।

आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा छानबिन गरिरहेको आयोगले आज तत्कालीन प्रधानमन्त्री ओलीसँग बयान लिएको हो ।आयोगले यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित एक सय ४६ जनासँग बयान लिइसकेको छ ।

यसैबीच भदौ २३ र २४ गते भएका घटनाबारे बुझ्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पनि ओलीलाई पत्र पठाएको छ । आयोगको टोलीले गुन्डुमा रहेको ओली निवासमै पुगेर पत्र बुझाएको हो ।पत्रमा सात दिनभित्र जवाफ दिनुपर्ने समयसीमा तोकिएको छ ।

तत्कालीन गृहमन्त्री रमेश लेखकसँग गएको बुधवार बयान सकेको आयोगले अब तत्कालीन प्रधानमन्त्री ओलीसँग मात्र बयान लिन बाँकी छ ।