काठमाडौं, पुस २० । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा बनाएको छ ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उहाँहरूको नाम अनुमोदन गरेको हो । सोही बैठकमा खगेन्द्र सुनारको नेतृत्वमा रहेको ‘हाम्रो पार्टी नेपाल’ पनि रास्वपामा विलय भएको छ ।
रास्वपाको ५९ औँ केन्द्रीय समिति बैठकमा हालै थप गरिएका ७ जना नयाँ केन्द्रीय सदस्य खगेन्द्र सुनार, सागर ढकाल, केपी खनाललगायत ७ जनाले शपथ लिनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्