काठमाडौं, पुस २१। नेकपा एमालेले गुल्मी क्षेत्र नं २ बाट केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम सिफारिस गरेको छ।
गुल्मीका दुई निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम पहिल्यै सिफारिस भइसकेको छ। २ नम्बर क्षेत्रमा भने उपाध्यक्ष विष्टसहित रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाममा छलफल भएको थियो। तर अन्तिममा विष्टको नाम एकल सिफारिस गरिएको छ ।
यस अघि नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादीसहितको गठबन्धन हुँदा २०७९ सालको निर्वाचनमा झाँक्री विष्टसँग पराजित हुनुभएको थियो । विष्ट २०७० सालको दोस्रो संविधानसभा निर्वाचन, २०७४ तथा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा लगातार सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्