जनता टाइम्स

२१ पुष २०८२, सोमबार २१:०९

प्युठानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा एमालेद्वारा सूर्य थापाको नाम एकल सिफारिस


काठमाडौं, पुस २१ । नेकपा एमालेले प्युठानबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सूर्य थापाको नाम एकल रूपमा सिफारिस गरेको छ।

सोमबार बसेको एमाले जिल्ला पार्टी बैठकले थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।  थापा यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो।

उक्त निर्वाचनमा उहाँले कांग्रेस–माओवादीसहितको तत्कालीन पाँच दलीय सत्ता गठबन्धनकी उम्मेदवार, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई फराकिलो मतान्तरले पराजित गर्नु भएको थियो। थापाले ४१ हजार १ सय १८ मत प्राप्त गरी विजयी हुँदा पौडेलले ३५ हजार ८ हजार ४४ मत प्राप्त गर्नु भएको थियो।

थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्जका रूपमा जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ। हाल उहाँ पार्टीको केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ। यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने सोही क्षेत्रमा दुर्गा पौडेल निर्वाचित हुनु भएको थियो।