जनता टाइम्स

२२ पुष २०८२, मंगलवार ०७:४६

एमाले सचिवालय बैठक आज च्यासलमा


काठमाडौं, पुस २२ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बिहान ९ बजे बस्ने भएको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा समसामयिक राजनीतिक अवस्था, भोलि हुने राष्ट्रियसभा निर्वाचनको मनोनयन प्रक्रिया तथा केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने विषयमा छलफल हुने सचिव पद्मा अर्यालले जानकारी दिनुभयो।

उहाँका अनुसार आजको बैठकमा नेताहरूको कार्यविभाजन पनि प्रमुख एजेण्डाका रूपमा रहनेछ। निर्वाचनतर्फ देश उन्मुख रहेकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने तयारी रहेको बुझिएकाे छ। त्यसअनुसार मुख्य विभागका प्रमुख, प्रदेशका इन्चार्ज तथा जिल्ला इन्चार्जहरूलाई संयोजकको भूमिका दिने तयारी छ।

बैठकले यही २६ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने निर्वाचन केन्द्रित केही रणनीति पनि तय गर्ने बताइएकाे छ ।