काठमाडौं,पुस २२ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज मंगलबार पनि बस्ने भएको छ। सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का विषयमा छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
पार्टीका पदाधिकारी तथा सदस्यहरूले धारणा राख्ने क्रम पूरा नभएकाले बैठक आज बिहान ११ बजे पुनः बैठक बस्न लागेको हो। हिजोको बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार तथा कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला र एनपी साउँदले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।
त्यसैगरी, बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू डा मीनेन्द्र रिजाल र मीन विश्वकर्मा तथा प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले पनि आफ्ना विचार राख्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्