काठमाडौं, पुस २२ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । बैठकमा राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा राष्ट्रियसभाका लागि उम्मेदवार चयनसम्बन्धी विषय पनि उठ्ने बताइएको छ। राष्ट्रियसभाका १८ सिटका लागि प्रमुख राजनीतिक दलहरूबीच सहकार्य गरेर निर्वाचन लड्ने सहमति भइसकेको छ।
सोही सन्दर्भमा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीसँग भएको छलफल तथा सिट बाँडफाँटको अवस्थाबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा ब्रिफिङ गर्नुभएको छ। पछिल्लो सहमति अनुसार एमालेले ६ सिटमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ।
यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस र त्यस क्रममा विभिन्न स्थानमा देखिएका विवादका विषय पनि सचिवालय बैठकको एजेण्डामा प्रवेश हुने सम्भावना रहेको छ।












प्रतिक्रिया दिनुहोस्