जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार १६:३३

जीतपछि बिमला वलीको अठोट : दिवंगत श्रीमानको सपना पूरा गर्न जनताले सुम्पेको जिम्मेवारीबाट चुक्ने छैन


दाङ, मंसिर १६ । दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेकपाकी उम्मेद्वार विमला खत्री (वली)ले आफू सधैँ जनताको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाबाट आज विजयीको प्रमाणपत्र लिएपछि खत्रीले आफूलाई जनताले अमूल्य मत प्रदान गरी विजयी बनाएको भन्दै धन्यवाद दिनुभयो ।

मलाई जनताले आफ्ना दिवंगत श्रीमान् उत्तरकुमार वलीको सपना पूरा गर्ने जिम्मेवारी सुम्पेका छन्, म जिम्मेवारीलाई पूरा गरेरै छाड्नेछु,” वलीले भन्नुभयो । उहाँले मतदानमा सहभागी मतदाता, सुरक्षामा खटिने सम्पूर्ण सुरक्षा निकाय, मतदान अधिकृत कार्यालयमा प्रमुख तथा प्रतिनिधि, सरकारका सबै तहका कर्मचारी, पार्टीका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी तथा सबैलाई धन्यवाद दिनुभयो । सो अवसमा प्रजिअ गोविन्दप्रसाद रिजालले बधाई तथा सफलताको शुभकामना दिनुभयो ।