जनता टाइम्स

२२ पुष २०८२, मंगलवार २३:०४

यी हुन् एमाले लुम्बिनी प्रदेश र जिल्लाका इञ्चार्जहरु


काठमाडौं, पुस २२ । नेकपा एमालेले लुम्बिनी प्रदेश तथा प्रदेशअन्तर्गतका जिल्लाका इञ्चार्जहरू तोकेको छ । आज बसेको पार्टी सचिवालय बैठकले लुम्बिनी प्रदेश इञ्चार्जसहित १२ जिल्लाका इञ्चार्जहरूको जिम्मेवारी तोकेको हो ।

सचिवालयको निर्णयअनुसार लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मेवारी पार्टी सचिव पद्मा अर्याललाई दिइएको छ ।

यस्तै, जिल्लागत रूपमा इञ्चार्जहरू पनि तोकिएका छन् । निर्णयअनुसार रुपन्देहीको जिल्ला इञ्चार्जमा खीमलाल भट्टराई, नवलपरासीको जिल्ला इञ्चार्जमा सरिता भुसाल खनाल, कपिलबस्तुको जिल्ला इञ्चार्जमा बलराम अधिकारी र अर्घाखाँचीको जिल्ला इञ्चार्जमा बोमबहादुर किश्वकर्मा तोकिनुभएको छ ।

गुल्मी जिल्लाको इञ्चार्जमा जंगबहादुर नेपाली, रुकुम पूर्वको इञ्चार्जमा खेममान खडका, रोल्पाको इञ्चार्जमा गोकुल घर्ती र प्यूठानको इञ्चार्जमा सूर्य थापा जिम्मेवारीमा रहनुभएको छ ।

त्यसैगरी दाङ जिल्लाको इञ्चार्जमा नरुलाल चौधरी, बाँकेको इञ्चार्जमा शान्तिदेवी ढकाल, बर्दियाको इञ्चार्जमा खडकबहादुर खडका र पाल्पाको इञ्चार्जमा ठाकुर गैरे तोकिएको सचिवालय बैठकको निर्णयमा उल्लेख छ ।

पार्टी संगठनलाई थप प्रभावकारी बनाउने तथा आगामी राजनीतिक गतिविधि र निर्वाचन तयारीलाई सुदृढ गर्ने उद्देश्यले इञ्चार्जहरूको जिम्मेवारी तोकिएको एमालेले जनाएको छ । सचिवालयले तोकिएका इञ्चार्जहरूलाई पार्टी नीति, निर्णय र निर्देशनअनुसार संगठन विस्तार तथा समन्वयात्मक भूमिकामा सक्रिय हुन निर्देशन दिएको छ ।

प्रदेश इञ्चार्ज : सचिव पद्मा अर्याल

जिल्ला इञ्चार्जहरु

१. रुपन्देही : खीमलाल भट्टराई

२. नवलपरासी : सरिता भुसाल, खनाल

३. कपिलबस्तु : बलराम अधिकारी

४. अर्घाखाँची : बोमबहादुर किश्वकर्मा

५. गुल्मीः जंगबहादुर नेपाली

६ रुकुमपूर्व : खेममान खडका

७. रोल्पा : गोकुल घर्ती

८. प्यूठान : सूर्य थापा

९. दाङ : नरुलाल चौधरी

१०. बाँके : शान्तिदेवी ढकाल

११. बर्दिया खडकबहादुर खडका

१२. पाल्पा : ठाकुर गैरे