जनता टाइम्स

२३ पुष २०८२, बुधबार ०८:५३

यी हुन् एमालेबाट चुनाव लड्ने राष्ट्रिय सभाका उम्मेदवारहरू


काठमाडौ‌ं, पुस २३। नेकपा एमालेले राष्ट्रिय सभाका लागि उम्मेदवारहरू चयन गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालसँगको तालमेलअनुसार एमालेले पाउने सात सिटका लागि उम्मेदवार तय भएका हुन् ।

एमालेले कोशी प्रदेशबाट रोशनी मेचेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसै गरी बागमती प्रदेशबाट डा प्रेमकुमार दङ्गाललाई उम्मेदवार बनाइएको छ ।

गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी उम्मेदवार चयन हुनुभएको छ ।

आज राष्ट्रिय सभाका उम्मेदवारहरूको मनोनयन दर्ताको तालिका रहेको छ । मधेश प्रदेशतर्फको उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको एमालेले जनाएको छ ।